Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डको मुद्धाबारे बोल्यो कांग्रेस

प्रचण्डको मुद्धाबारे बोल्यो कांग्रेस

  • मंगलवार, फाल्गुण २३ २०७९

  • 770
    SHARES

  • प्रचण्डको मुद्धाबारे बोल्यो कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसले द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्ने बताएको छ ।

    प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि बसेको नौ दलीय गठबन्धनको बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक द्वन्द्व मुद्दा संक्रमणकालीन न्यायकै प्रबन्धबाट समाधान हुनुपर्ने बताउनुभयो ।

    सर्वोच्च अदालतले पनि द्वन्द्वको मुद्दा संक्रमणकालीन न्याय पद्धतिबाटै हो भनेर यसअघि नै बोलिसकेको बताउनुभयो । उहाँले यो कुनै अमुक पार्टीको मात्रै नभएर राज्यको विषय भएको बताउनुभयो। सबै मिलेर संक्रमणकालीन न्याय सम्पादन गर्ने भएकाले अदालत पनि यो विषयमा सकारात्मक हुने उहाँको बुझाइ छ ।


    मंगलवार, फाल्गुण २३ २०७९०४:३५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij