Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

देशमा पश्चिमी वायुको प्रभाव : तीनवटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको प्रभाव : तीनवटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • मंगलवार, फाल्गुण २३ २०७९

  • 440
    SHARES

  • देशमा पश्चिमी वायुको प्रभाव : तीनवटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना
    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
     
    मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार(आज) कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। साथै  कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
     
    त्यस्तै भोलि देशका पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च  पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    मंगलवार, फाल्गुण २३ २०७९०६:११:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij