Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस सभापति देउवाद्वारा होली पर्वको शुभकामना

कांग्रेस सभापति देउवाद्वारा होली पर्वको शुभकामना

  • सोमवार, फाल्गुण २२ २०७९

  • 529
    SHARES

  • कांग्रेस सभापति देउवाद्वारा होली पर्वको शुभकामना
    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ।
     
    उहाँले शुभकामना सन्देशमार्फत होली पर्व एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गर्दै अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताउनुभएको छ।
     
    हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिबिम्बित गर्ने पर्वका रूपमा फागु पूर्णिमा (होली) पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
     
    वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आएको होली पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै सभापति देउवाले सबैमा शुभकामना व्यक्त गर्नुभएको हो ।


    सोमवार, फाल्गुण २२ २०७९०६:१२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij