Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ३०.७७ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

नेप्सेमा ३०.७७ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

  • आइतवार, फाल्गुण २१ २०७९

  • 475
    SHARES

  • नेप्सेमा ३०.७७ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो
    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार(आज) शेयर बजारमा ठुलो गिरावट आएको छ । आज ३०.७७ अंकले घटेको बजार १९३८.२५ बिन्दुमा झरेको छ । यो १.५६ प्रतिशतको गिरावट हो । आज कारोबार रकम समेत खुम्चिएको छ ।
     
    २५९ धितोपत्रको ३० हजार ९०३ वटा कारोबारबाट ३८ लाख ३२ हजार ४५९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भएको छ । 
     
    आज १९६ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने १९ वटा कम्पनीको शेयर मूल्य बढेको छ। र २ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।
     
    आज सबै उपसूचक ओरालो लागे । सबैभन्दा धेरै उत्पादन र प्रशोधनका लगानीकर्ताले गुमाए । यो उपसूचकमा ३.०३ प्रतिशतको गिरावट आयो ।
     
    आज सबैभन्दा धेरै सुपरमादी हाइड्रोको मूल्य बढ्यो । यसको पहिलो कारोबार दिन थियो । यो कम्पनीको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । युनिक नेपाल लघुवित्त, एनएमबी ५०, एनआईबीएल प्रगति फण्डसहितको मूल्य धेरैले बढेको छ ।
     
    सामलिङ पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । आदर्श लघुवित्त, खप्तड लघुवित्त, उपकार लघुवित्तसहितका कम्पनीको शेयर मूल्य समेत धेरैले घटेको छ । हिमालयन डिष्ट्रिलरी, शिवं सिमेन्ट, एसियन लाइफ, नविल बैंकसहितका कम्पनीको धेरै कारोबार भएको छ ।
     


    आइतवार, फाल्गुण २१ २०७९०४:३३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij