Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नेसाले यही मार्च १८ गते अमेरिकामा अन्तर्राष्ट्रिय सम्मेलनको १४ औँ संस्करण गर्दै

नेसाले यही मार्च १८ गते अमेरिकामा अन्तर्राष्ट्रिय सम्मेलनको १४ औँ संस्करण गर्दै

  • शुक्रवार, फाल्गुण १९ २०७९

  • 1.1K
    SHARES

  • नेसाले यही मार्च १८ गते अमेरिकामा अन्तर्राष्ट्रिय सम्मेलनको १४ औँ संस्करण गर्दै

    अमेरिका । संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा रहेको न्यु मेक्सिको स्टेट युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीको साझा संस्था नेप्लिज स्टुडेन्ट एसोसिएसन (नेसा ) ले यही मार्च १८ गते अन्तर्राष्ट्रिय सम्मेलनको १४ औँ संस्करण गर्ने भएको छ । यो सम्मेलनको मूल नारा “नवप्रवर्तन र रूपान्तरणको लागि संबंध र सहकार्य“ ( कनेक्सन एन्ड कोल्लाबोरसन फोर इन्नोवसन एन्ड त्रन्स्फोर्मसन )” रहेको छ । यो वर्ष सम्मेलन स शरीर उपस्थित भएर सँग संगै भर्चुअल विधिबाट गरिने भएका कारण संसारले भर बाट यो सम्मेलन म जोडिन सकिनेछ। नेसाले नेपाल र नेपाली विद्यार्थीको उन्नयन र अनुसन्धानसँग जोड्न सन् २००९ देखि सम्मेलन गर्दै आएको छ्र ।

    यस सम्मेलनको प्रमुख उद्देश्य संसारभरका वैज्ञानिक अनुसन्धानकर्ताहरूलाई एउटै मञ्चमा उभ्याउनु र कसरी सहकार्य गरेर आगमी दिनमा नवप्रबर्तन लाई टेवा पुर्याउन सकिन्छ भन्ने रहेको रहेको छ । अनुसन्धानको सार् (अब्स्ट्राक्) पेश गर्न आव्हान गरिसकिएको छ र पेश गर्ने अन्तिम मिति मार्च ३ रहेको छ । हाल न्यु मेक्सिको स्टेट युनिभर्सिटीमा ३२ जना नेपाली विद्यार्थीहरू स्नातक, स्नातकोत्तर र विद्यावारिधि अध्ययनरत छन् भने १०० भन्दा बढी दीक्षित भएर अध्ययन–अनुसन्धानमा संलग्न छन् ।

    यो वर्ष कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र मुख्य वक्ता र विशेषज्ञको छनौट भइसकेकोले हामी उत्साहित छौँ”, सम्मेलनका संयोजक कौस्तुभ राज न्यौपानेले बताए । उनले थपे हाम्रो जीवनमा जलवायु परिवर्तन, नयाँ रोगहरूको उदय र भविष्य जस्ता परिवर्तनहरू अनुभव गरेका छौं । एक मात्र निश्चितता अनिश्चितता हो । महामारीले हामी विश्वव्यापी रूपमा कत्तिको राम्रोसँग जोडिएको छ भनेर प्रमाणित गरेको छ, र हामीले हाम्रो सहकार्यको फाइदा उठाएर शताब्दीको विश्वव्यापी खतरा अर्थात् कोभिड १९ सँग सामना गर्न सक्षम भयौं । संबंध र सहकार्य एस्ता चुनौती सँग जुद्न व्यक्ति, समाजलाई सहयोग पुगेको, उद्यमशीलता विकास गर्न, र अनिश्चितताहरू समाधान गर्न प्रमाणित भएको छ । त्यसैले विश्वभरि फैलिएका नेपाली वैज्ञानिक र नेपाललाई कर्मक्षेत्र बनाएर अनुसन्धान गर्ने अनुसन्धानकर्ताहरूलाई वक्ताको रूपमा एकै थलोमा भेला हुने अवसर यो सम्मेलनले प्रदान गर्नेे छ ।

    नेसाको १४ औँ सम्मेलनमा जलश्रोत बिज्ञ एबम पूर्व जलस्रोत मन्त्री दिपक ज्ञवाली प्रमुख वक्ताको रूपमा सम्मेलनल स्थलबाट आफ्नो कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । कार्यक्रममा अतिथि वक्ताको रूपमा प्राध्यापक म्यारी क्यामरून, डा राजन घिमिरे, डा सबिता महर्जन्, डा दुर्गा नेउपाने, डा प्रबोध सत्याल र डा उत्तम बाबु श्रेष्ठले कार्यपत्र प्रस्तुत हुने बताइएको छ । नेसाका सभापति महेश लम्साल ले भने “हामीहरू अतिथि एवं विज्ञ वक्ताहरूको वैचारिक प्रस्तुतिले सम्पूर्ण हाम्रो सहभागी र प्रवासी परिवारलाई नेपालसँग जोड्ने कुरामा पूर्ण आशावादी छौ ।”

    अतिथि वक्ताहरू अयुर्वेद बिज्ञान्, संचार बिज्ञ, जलबायु परिवर्तन्, जडिबुटी ्,सुक्षम जीब बिज्ञान काम गर्नुहुने भएकाले यो वास्तविक रूपमा अन्तर विषयगत वैज्ञानिक सम्मेलन हुनेछ’ प्रसन्नता व्यक्त गरे। कार्यक्रमको दोस्रो खण्डमाअनुसन्धान बैज्ञानिक, स्नातक, स्नातकोत्तर र विद्यावारिधि गर्दै गरेका विद्यार्थीहरूले आफ्नो अनुसन्धानको मौखिक र सचित्र (पोस्टर) प्रस्तुति दिने जनाइएको छ । यो सम्मेलन ५ महा देशका बैज्ञानिकको उपस्थिती रहने छ ।

    त्यसैगरी संस्थाका सल्लाहकार डा दीपक सुबेदीले सम्पूर्ण नेपाली तथा विदेशी सोधकर्ता, अनुसन्धानकर्ताहरूलाई सम्मेलनमा सहभागी बनेर आफ्नो आफ्नो क्षेत्रबाट समस्त विश्वको जनजीविकामा सकारात्मक प्रभावका निम्ति विज्ञान र प्रविधिलाई प्रयोग गर्दाका अनुभव र उपलब्धिहरू आदानप्रदान गर्न आव्हान गरेका छन् । सभापति लम्सालले विज्ञानप्रति चासो राख्ने सम्पूर्णलाई यो कार्यक्रममा जोडिन आग्रह गरे ।

     


    शुक्रवार, फाल्गुण १९ २०७९०८:३१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij