Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेकपा एसले भन्यो- हाम्रो अस्तित्वबारे पटक-पटक प्रश्न उठाउने एमालेले संवाद सुरु गर्नु खुसीको कुरा 

नेकपा एसले भन्यो- हाम्रो अस्तित्वबारे पटक-पटक प्रश्न उठाउने एमालेले संवाद सुरु गर्नु खुसीको कुरा 

  • बिहिवार, फाल्गुण १८ २०७९

  • 530
    SHARES

  • नेकपा एसले भन्यो- हाम्रो अस्तित्वबारे पटक-पटक प्रश्न उठाउने एमालेले संवाद सुरु गर्नु खुसीको कुरा 

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले एमालेले सौहार्दपूर्ण सम्बन्धका लागि सुरु गरेको प्रयास स्वागतयोग्य भएको बताउनुभएको छ ।

    नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितको प्रतिनिधिमण्डलसँगको भेटघाटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै दुई पार्टीबीच मित्रता विकासका लागि प्रयास हुनु खुसीकै कुरो भएको बताउनुभयो ।

    उपमहासचिव खतिवडाले नेकपा एसकै अस्तित्वमाथि पटक-पटक प्रश्न उठाउने पार्टी केन्द्रीय कार्यालयमै औपचारिक प्रस्ताव लिएर आउनु खुसीको कुरा भएको बताउनुभयो । बिहीबार एमालेका उपाध्यक्षसमेत रहनुभएका नेम्वाङले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

    उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याललाई लिएर नेम्वाङ नेपाललाई भेट्न जानुभएको थियो । भेटमा पार्टीले कांग्रेस नेता रामचन्द्र पौडेलको प्रस्तावक बनेकाले राष्ट्रपतिमा मतदान गर्न नसकिने बताएको पनि जानकारी दिनुभयो । नेकपा एसले बुधबार सचिवालय बैठकबाट राष्ट्रपतिमा कांग्रेस उम्मेदवार पौडेललाई सघाउने निर्णय गरिसकेको छ ।


    बिहिवार, फाल्गुण १८ २०७९०३:०८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij