काठमाडौं । राष्ट्रपति निर्वाचनमा उम्मेदवार चयन गर्ने क्रममा बनेको ८ दलीय गठबन्धनले शुक्रबार(भोलि) प्रदेशका आफ्ना सांसदहरूलाई संयुक्त रुपमा अभिमुखीकरण गर्ने भएको छ। राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरी आफ्ना सांसदहरूलाई अभिमुखीकरण गर्न लागिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो।
८ दलभित्र प्रदेशमा रहेका सांसदहरूलाई सबै प्रदेशहरूमा भोलि १ बजे अभिमुखीकरण कार्यक्रम राखिएको श्रेष्ठले बताउनुभएको छ। ती दलहरूले आज संघीय सांसदहरूलाई काठमाडौंमा अभिमुखीकरण कार्यक्रम राखेको छ। काठमाडौंमा हुने कार्यक्रममा आठै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
८ दलमा, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी, र राष्ट्रिय जनमोर्चा रहेका छन्।