Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

लघुकथा समाजले गर्यो भर्चुअल गोष्ठीमा लघुकथा वाचन

लघुकथा समाजले गर्यो भर्चुअल गोष्ठीमा लघुकथा वाचन

  • आइतवार, आषाढ २१ २०७७

  • 1.1K
    SHARES

  • लघुकथा समाजले गर्यो भर्चुअल गोष्ठीमा लघुकथा वाचन

    लघुकथा समाजले गर्यो भर्चुअल गोष्ठीमा लघुकथा वाचन

    काठमाडौँ । लघुकथा समाज नेपालले विशेष लघुकथा गोष्ठीको भर्चुअल आयोजना गरेर देश विदेशमा रहेका स्रष्टाहरूलाई एकै ठाउँमा रचना वाचन गर्ने वातावरण बनाएको छ ।

    शनिबार साँझ ६ बजेदेखि बेलुकी साँढे ७ बजेसम्म आयोजना गरिएको विशेष लघुकथा गोष्ठीको प्रारम्भमा सहजकर्ता छविरमण सिलवाल र समाजका अन्तर्राष्ट्रिय संयोजक कृष्ण बजगाईंले विश्वका कुनाकुनामा रहेका नेपाली लघुकथाकारहरूलाई एकै ठाउँमा ल्याउने प्रयत्नस्वरुप यो काम भएको बताउँदै नेपाली साहित्यमा यसले विशेष महत्व राख्ने उल्लेख गर्नुभयो ।

    कार्यक्रमको सुरुआतमा स्रष्टा यादव खरेलले मृत्यु शास्वत सत्य भएको सन्देश प्रवाहित गर्ने ‘मरण’ शीर्षकको मर्मस्पर्शी लघुकथा वाचन गर्नुभयो । अर्का साहित्यकार अशेष मल्लले ‘लघुकथा’ शीर्षकमा चोटिलो लघुकथा वाचन गर्नुभयो भने हाल अमेरिकामा रहँदै आउनुभएका साहित्यकार तथा गायक हिरण्य भोजपुरेले ‘भुइँचालो’ शीर्षकको लघुकथा वाचन गर्नुभयो ।

    पोखराका साहित्यकार सरुभक्तले ‘प्रमिथस्त मान्छेहरू’ शीर्षकको लघुकथा सुनाउदै प्रस्तुत लघुकथामा आफूले प्रमिथस मिथलाई पुनरलेखन गरेको बताउनुभयो । कार्यक्रममा कथाकार भागीरथी श्रेष्ठले ‘दृष्टिकोण’, विधान आचार्यले ‘कुरुवा’, किशोर पहाडीले ‘जीवनको पराजय’, नारायण तिवारीले ‘न रिसाउनु होला’ शीर्षकको लघुकथा वाचन गर्नुभयो ।

    त्यसैगरी भारत मणिपुरका देवीप्रसाद थापाले ‘संविधान’, दार्जीलिङका एगम पाख्रिनले ‘फेसबूकमा’, अमेरिकाका विश्वराज अधिकारीले ‘जनता के भेँडा हुन् ?’, क्यानाडाका कुसुम ज्ञवालीले ‘राष्ट्रवादी’, मलेसियाका राजु क्षेत्री अपुरोले ‘ठूलो मान्छे’, बेलायतका कृष्ण बजगाईंले ‘महँगीको हत्या’, धर्म सापकोटाले ‘निर्मलीको चिया पसल’ र डा. कपिल लामिछानेले नयाँ अवतरण’ शीर्षकको लघुकथा वाचन गर्नुभयो । लघुकथा समाजको कार्यसमितिका तर्फबाट सुमन सौरभले लघुकथा वाचन गर्नुभयो ।

    कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले वाचन गरिएका लघुकथाहरू माथि समीक्षात्मक टिप्पणी गरे । उनले वाचन गरिएका १७ वटा लघुकथा सबैले समाज, जीवन, दर्शन र मनोविज्ञानलाई समेटेको उल्लेख गर्दै लघुकथाको भावभूमि, शैली र कथ्यको चर्चा गर्नुभयो । लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले भर्चुअल रुपमा नै भए पनि समाजले काम गरिरहेको बताउँदै यसलाई निरन्तरता दिने बताउनुभयो ।


    आइतवार, आषाढ २१ २०७७१०:४५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij