Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज १२ सय चारजना कोरोना संक्रमित थपिए

आज १२ सय चारजना कोरोना संक्रमित थपिए

  • शनिवार, आश्विन ३ २०७७

  • 930
    SHARES

  • आज १२ सय चारजना कोरोना संक्रमित थपिए

    काठमाडौं । देशभर गरिएका परीक्षणमा आज थप १२ सय चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १० हजार तीन सय तीनजनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।

    आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संख्या ६२ हजार सात सय ९७ पुगेको छ ।

    विगत २४ घन्टामा १४ सय ४७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४५ हजार दुई सय ६७ पुगेको छ ।

    हाल सक्रिय संक्रमित भने १७ हजार एक सय २९ जना रहेका छन् । त्यसमध्ये नौ हजार एक सय ५३ जना संस्थागत र सात हजार नौ सय ७६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

     


    शनिवार, आश्विन ३ २०७७०५:०५:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij