Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको सुरुवात, मन्त्री शर्माद्वारा उद्घाटन

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको सुरुवात, मन्त्री शर्माद्वारा उद्घाटन

  • मंगलवार, फाल्गुण १६ २०७९

  • 629
    SHARES

  • एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको सुरुवात, मन्त्री शर्माद्वारा उद्घाटन

    काठमाडौं । सरकारी निकायहरुको वेबसाइटहरुबीच एकरुपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको विकास गरिएको छ । आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा एक औपचारिक कार्यक्रमकाबीच सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभएको हो ।

    यस प्रणाली अन्तर्गत सूचना तथा प्रशारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेवसाइटहरु सञ्चालनमा आउने भएको छ ।

    कार्यक्रममा बोल्दै मन्त्री शर्माले सबै सरकारी निकायका आ–आफ्नै वेबसाइटहरु हुने र सर्वसाधारणले सूचना खोज्न पनि झन्झटिलो हुने भएकाले अब एकै प्रणालीमार्फत सरकारी निकायको सूचनाहरु पाउन सकिने अवस्था आएको बताउनुभयो। उहाँले यसबाट धेरै खर्च कटौती हुने तथा साइबर सुरक्षाको दृष्टिले पनि सुरक्षित हुने बताउनुभयो ।

    सूचना प्रविधि विभागले निकायगत वेबसाइट व्यवस्थापन गर्नका लागि सरकारी निकायलाई प्रणाली व्यवस्थापक उपलब्ध गराउने र सोही प्रयोगकर्तामार्फत सम्बन्धित निकायले आफ्नो वेबसाइटमा मेनु र उपमेनुहरु थपघट गर्न, नारा तथा लोगो राख्न, ग्यालरी, भिडियो र व्यानर व्यवस्थापन गर्न सकिने जनाइएको छ ।

    त्यस्तै कर्मचारीको विवरण, संगठन संरचना लगायतका कामहरु पनि गर्न सकिने भएको छ। सबै सरकारी निकायहरुको निगरानी गरी ह्याक हुन सक्ने जोखिम कम गर्न सो को तत्काल जानकारी गराउन वेव मोनिटरिङ प्रणाली समेत सञ्चालनमा ल्याइएको जानकारी गराइएको छ ।


    मंगलवार, फाल्गुण १६ २०७९०२:४२:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij