Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ३.६५ अंकको गिरावट, १ अर्ब ८९ करोडको कारोबार

नेप्सेमा ३.६५ अंकको गिरावट, १ अर्ब ८९ करोडको कारोबार

  • सोमवार, फाल्गुण १५ २०७९

  • 504
    SHARES

  • नेप्सेमा ३.६५ अंकको गिरावट, १ अर्ब ८९ करोडको कारोबार
    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार(आज) सामान्य अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक तीन दशमलव ६५ अंकले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो।
     
    आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार आठ सय ८८ कित्ता शेयर ३७ हजार तीन सय ३८ पटक खरिद–बिक्री हुँदा एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
     
    होटेल तथा पर्यटन, म्युचुअल फन्ड, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। होटेल तथा पर्यटन समूह ४३ दशमलव ८१, म्युचुअल फन्ड समूह शून्य दशमलव ०७, निर्जीवन बीमा समूह सात दशमलव २७, व्यापार समूह १२ दशमलव ६५ र अन्य समूह ११ दशमलव ८० अंकले बढेको छ।
     
    आज लघुवित्त समूहको उपसूचक सबैभन्दा धेरै ३९ दशमलव ३८ अंकले घटेको छ। त्यस्तै, बैंकिङ समूह एक दशमलव ३८, विकास बैंक समूह १३ दशमलव ०८, वित्त समूह २८ दशमलव ४७ र जलविद्युत् समूह सात दशमलव ४१ अंकले घटेको छ। 
     
    लगानी, जीवन बीमा र उत्पादन समूहको उपसूचकमा क्रमशः शून्य दशमलव ३४, आठ दशमलव ९६ र २३ दशमलव ३७ अंकको गिरावट देखिएको पनि नेप्सेले जनाएको छ।
     
    आजको कारोबारपछि सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता नौ दशमलव ७३ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गिरावट भने राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य छ दशमलव ४३ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको छ करोड ६८ लाख बराबरको शेयर खरिद बिक्री भएको छ।


    सोमवार, फाल्गुण १५ २०७९०४:५३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij