काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गतको घरेलु मैदानमा आयोजना भएको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाली टोलीका खेलाडीले जनही २ लाख पुरस्कार पाउने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार(आज) स्कटल्याण्ड र नामिबिया रहेको घरेलु सिरिज खेल्ने नेपाली खेलाडीलाई प्रतिव्यक्ति २ लाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको हो ।
लिग टू च्याम्पियन बनिसकेको स्कटल्याण्ड र नामिबिया रहेको सिरिजमा नेपालले ४ खेलमा ४ वटै जितेर क्लिन स्विप गरेको थियो ।
प्रधानमन्त्रीले आज दिउँसो खेलाडीहरूलाई बालुवाटार बोलाएर बधाई दिनुका साथै पुरस्कार दिने घोषणा गर्नुभएको हो।