काठमाडौं। जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान गर्नुभएको छ। नेपाल सदस्य राष्ट्र नभएपनि अध्यक्ष राष्ट्र भारतको निमन्त्रणमा अर्थमन्त्री पौडेल सम्मेलनमा सहभागीता जनाउन भारत जानुभएको हो ।
अहिले जी २० को अध्यक्ष राष्ट्र भारत छ ।भारतको बैंग्लोरमा शुक्रबारदेखि सुरु हुने जी २० सम्मेलनका लागी भारतले नेपाललाई समेत निमन्त्रणा दिएको थियो।
दुई दिनसम्म चल्ने सम्मेलनका दौरान अर्थमन्त्री पौडेलले भारत, चीनलगायत मुलुकका समकक्षीसँग छलफल गर्नुहुनेछ ।सम्मेलनमा सहभागीता जनाएपछि आगामी १३ फागुनमा उहाँ काठमाडौं फर्कने कार्यक्रम छ ।