काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान पु¥याएका ५सय ८६ जनालाई विभूषण प्रदान गर्नुहुने भएको छ ।
यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ डाक्टर सन्दुक रुइतलाई प्रदान गरिनेछ ।
त्यस्तै ‘प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय)’ बाट हालै अख्तियार दुरुपयोग अनसन्धान आयोगबाट अवकाशप्राप्त प्रमुख आयुक्त नवीन घिमिरेसहित सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दिइने घोषणा गरिएको छ ।
अख्तियारका आयुक्त डा. गणेशराज जोशी, बनस्पतिविज्ञ डा. तीर्थ बहादुर श्रेष्ठ, सचिव केदार बहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, सशस्त्र प्रहरी बलका एआईजी पुष्पराम के।सी, शसस्त्रका अर्का उआईजी रामशरण पौडेल र नापीविज्ञ बुद्धि नारायण श्रेष्ठलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय) प्रदान गर्ने निर्णय गरिएको छ ।
सुप्रबल जनसेवा श्री (तृतीय) ८७ जनाले पाउने भएका छन् । कीर्तिमय राष्ट्रदीप ८ जना, प्रवल जनसेवा श्री २ सय ४२ जना, जनसेवा श्री १०४ जना र राष्ट्र यशोवद्र्धक २ जनाले पाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै, ‘नेपाल सेवा प्रविण’ समाजसेवी चन्द्र बहादुर पराजुलीलाई प्रदान गर्ने निर्णय गरिएको छ । समाजसेवा रत्न ११ जना, परम पौरख भाष्टकर १२ जना, नेपाल प्रताप सुभूषण २४ जना र अतिपौरख भाष्कर विभुषणबाट २० जना विभुषित हुने भएका छन् ।
नेपाल प्रताप आभुषणबाट १४ जना र महापौरख भाष्कर १२ जनालाई प्रदान गर्ने घोषणा गरिएको छ ।