Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डलाई ओलीको प्रश्न- सहमतिको कार्यान्वयन गर्ने कि नगर्ने ?

प्रचण्डलाई ओलीको प्रश्न- सहमतिको कार्यान्वयन गर्ने कि नगर्ने ?

  • बुधवार, फाल्गुण १० २०७९

  • 677
    SHARES

  • प्रचण्डलाई ओलीको प्रश्न- सहमतिको कार्यान्वयन गर्ने कि नगर्ने ?

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपति निर्वाचनबारे अलमल नगर्न आग्रह गर्नुभएको छ ।

    बुधबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा एमाले अध्यक्ष ओलीले सहमतिको कार्यान्वयन गर्ने कि नगर्ने ? भनेर स्पष्ट जवाफ दिन समेत भनेको स्रोतले बताएको छ ।

    ुयो गर्ने वा त्यो गर्ने भन्नेबारे निर्णय दिन पर्‍यो। अब यसरी अलमल गरेर हुँदैन, तपाईंको कुरा के हो भन्नुस्, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'कम्तीमा आफैंप्रति इमानदार बन्नुस्।'

    स्रोतका अनुसार विगतको सहमतिको कुरा समेत सम्झिन ओलीले आग्रह गर्नुभएको छ । जवाफमा प्रचण्डले छलफल गरेर अघि बढ्ने बताउनुभएको थियो ।

    ओलीनिकट स्रोतका अनुसार उहाँले राष्ट्रपतिका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम प्रस्ताव गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्ड निकट स्रोतले भने एमाले अध्यक्ष ओलीले त्यस्तो प्रस्ताव नगरेको दाबी गरेको छ।

     


    बुधवार, फाल्गुण १० २०७९०७:२५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij