Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेमा राष्ट्रपतिको जोड

सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेमा राष्ट्रपतिको जोड

  • मंगलवार, फाल्गुण ९ २०७९

  • 520
    SHARES

  • सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेमा राष्ट्रपतिको जोड

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवा प्रवाहलाई सुदृढ बनाउन तीनै तहको सकारले ध्यान दिनुपर्ने बताउनु भएको छ ।

    मंगलबार हेटौंडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाको स्वास्थ्य भवन उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।

    राष्ट्रपति भण्डारीले भन्न्ुभयो, ‘बेला बखत महामारीको रुपमा आउने कोभिड, डेंगु जस्ता महामारीसँग जुध्न सार्वजनिक स्वास्थ्य सेवा प्रवाह सुदृढ बनाउनुपर्छ।’

    आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनुपर्नेमा भण्डारीले जोड दिनुभएको छ ।

    स्वस्थ नागरिक उत्पादनको लागि विद्यार्थी तहदेखि नै बालबालिकालाई हेरचाहसहित पोषणयुक्त खाना खुवाउनुपर्ने उहाँले बताउनुभयो ।
    स्वास्थ्य सेवा र शिक्षाको लागि ठूलो मात्रामा विदेश पलायन भइरहेको पुँजिलाई रोक्न स्वदेशमै गुणस्तरीय स्वास्थ्य शिक्षा उपलब्ध गराउने कार्यमा यस प्रतिष्ठानले महत्वपूणर् भूमिका खेल्ने राष्ट्रपति भण्डारीको अपेक्षा छ।

    कार्यक्रममा बोल्दै मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति शालिकराम जम्कट्टेलेले प्रदेशका दुर्गम क्षेत्रहरुमा स्वास्थ्यकर्मी उपलब्ध गराउन प्रतिष्ठानले भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।

    कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाले प्रतिष्ठानको काम र अपेक्षाबारे बोल्नुभएको थियो ।

    नयाँ भवन निर्माण गरेर प्रतिष्ठानले हेटौंडा अस्पतालालाई ५० बेडबाट १५० मा स्तरोन्ननी गरेको छ। संघीय सरकारको ३५ करोड सहयोगमा प्रतिष्ठानले ७० बेडको नयाँ भवन निर्माण गरेको हो।


    मंगलवार, फाल्गुण ९ २०७९०१:३५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij