काठमाडौं । नेपाली बजारमा आइतबार(आज) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन तोलामा एक लाख तीन हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार उक्त सुन तोलामा एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।