Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

एमालेले राष्ट्रपति पाउने सहमति पार्टीलाई थाहा छैन : माओवादी नेता शर्मा

एमालेले राष्ट्रपति पाउने सहमति पार्टीलाई थाहा छैन : माओवादी नेता शर्मा

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति नै हुनुपर्छ
  • आइतवार, फाल्गुण ७ २०७९

  • 551
    SHARES

  • एमालेले राष्ट्रपति पाउने सहमति पार्टीलाई थाहा छैन : माओवादी नेता शर्मा
    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री दिननाथ शर्माले नेकपा एमालेलाई राष्ट्रपति दिने सहमति आफ्नो पार्टीलाई थाहा नभएको बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले एमाले र माओवादीबीच कुनै सहमति नभएको दाबी गर्नुभयो  । उहाँले भन्नुभयो, ‘त्यस्तो सहमति गरेको भए पार्टीलाई थाहा हुनु पर्दैन ? म पार्टीको सचिव हुँ, सचिवालयलाई नै थाहा छैन । उहाँहरू दुई जना (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) ले के गर्नुभयो ? पार्टीले कुनै निर्णय गरेको छैन । मलाई लाग्छ, त्यस्तो कुनै सहमति भएको छैन । ओलीजीले पहिलेका लिखित सहमति त तोड्नुभयो । उपसभामुख माओवादीलाई दिने भन्ने थियो, अन्टसन्ट गरेर तोड्नुभयो ओलीजीले,।’
     
    उहाँले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी नेपाली कांग्रेस वा नेकपा एमालेभन्दा पनि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउनुभयो । अब कांग्रेससहितको सहमतिमा राष्ट्रपति बनाउनु पर्ने उहाँको भनाई छ । शर्माले भन्नुभयो, ‘सक्षम पात्र एमालेले दिए पनि हुन्छ, कांग्रेसले पनि दिए हुन्छ । कांग्रेस हुँदैन भने रोहित, चित्रबहादुर केसी, मोहनविक्रम सिंह, महन्थ ठाकुर जसलाई बनाए पनि हुन्छ । सहमति गरौं न सबै मिलेर । मेरोबाहेक अरू हुँदै हुँदैन भन्ने कुरा आउँदैन । अब निषेधको राजनीति गर्नुहुँदैन ।’
     
    राष्ट्रपति कांग्रेस वा मधेसवादी दललाई दिए पनि एमालेसँगको गठबन्धन कायमै रहनुपर्ने शर्माले औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले हाम्रो मित्र शक्ति हो । वामपन्थी शक्ति हो । पहिले पार्टी एकता गरेको पनि हो । तर एकता जोगाउन सकिएन । अहिले पनि म एकताकै पक्षधर हुँ । राष्ट्रपति जो भए पनि एमालेसँगको गठबन्धन कायम हुन्छ । यथावत् नै रहन्छ ।’


    आइतवार, फाल्गुण ७ २०७९०८:४७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij