Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

आइएमई पे मार्फत अब सजिलै ट्राफिक फाइन तिर्न मिल्ने

आइएमई पे मार्फत अब सजिलै ट्राफिक फाइन तिर्न मिल्ने

  • बिहिवार, फाल्गुण ४ २०७९

  • 438
    SHARES

  • आइएमई पे मार्फत अब सजिलै ट्राफिक फाइन तिर्न मिल्ने

    काठमाडौं । आइएमई पे मार्फत ग्राहकहरूले सजिलैसँग आफ्नो ट्राफिक फाइन भुक्तान गर्न मिल्ने सुविधा थपिएको छ ।

    सेवा ग्राहिलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी, जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

    आइएमइ पेले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा जारी गरिएको जनाएको छ । ट्राफिक फाइन तिर्नका लागि ग्राहकहरूले आइएमई पेको एपमा गवर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गर्न सकिने भएको छ ।


    बिहिवार, फाल्गुण ४ २०७९०५:००:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij