Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्र बैंकले रिपो मार्फत ३० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै 

राष्ट्र बैंकले रिपो मार्फत ३० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै 

  • बुधवार, फाल्गुण ३ २०७९

  • 420
    SHARES

  • राष्ट्र बैंकले रिपो मार्फत ३० अर्ब बैंकिङ प्रणालीमा पठाउँदै 
    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई उपलब्ध गराएको ५० अर्बको रिपो परिपक्व भएसँगै पुनः अन्तर बैंक ब्याजदर साढे ८ प्रतिशत पुगेको छ । अन्तर बैंक ब्याजदर बढेर साढे ८ प्रतिशत पुगेपछि राष्ट्र बैंकले रिपो मार्फत बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ तरलता पठाउन लागेको छ ।
     
    नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा अन्तरगतको ओभरनाइट तरलता सुविधाको ब्याजदर घटाएपनि बैंकहरूको अन्तर बैंक ब्याजदर भने त्यसभन्दा माथि पुगेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट दैनिक तरलता सुविधा अन्तरगतको ओभरनाइट तरलता सुविधाको ब्याजदर ८.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारेको थियो र नीतिगत दर (रिपो दर) मा नै ओभरनाइट तरलता सुविधा उपलब्ध गराउँदा ब्याजदर कोरिडोरको प्रभावकारी कार्यान्वयन हुने राष्ट्र बैंकले दाबी गरेको भएपनि बैंकहरूको अन्तर बैंक ब्याजदर ८.५ प्रतिशत पुगेपछि राष्ट्र बैंकले रिपो मार्फत बैंकिङ प्रणालीमा तरलता पठाउन लागेको हो ।
     
    राष्ट्र बैंकले १४ पुसमा ४५ दिन अवधिको रिपो मार्फत ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाएको थियो । उक्त रिपोको म्याद सकिएसँगै बैंकिङ प्रणालीमा साधारण प्रकृतिको तरलता कमी भई अन्तर बैंक ब्याजदर बढेको हो । सोही कारण बुधबार(आज) राष्ट्र बैंकले रिपो मार्फत पुनः १४ दिनको लागि ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउन लागेको हो ।
     
    राष्ट्र बैंकको २ फागुनको तथ्यांक अनुसार बैंकहरूले तरलता व्यवस्थापन गर्न स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत १६ अर्ब ५३ करोड २० लाख रुपैयाँ र ओभरनाइट रिपो मार्फत २ अर्ब ६५ करोड ९० लाख रुपैयाँ तरलता सुविधा प्रयोग गरेका छन् ।


    बुधवार, फाल्गुण ३ २०७९०२:५२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij