Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

नेप्से १६ अंकले घट्यो, १ अर्ब ७८ करोडको कारोबार

नेप्से १६ अंकले घट्यो, १ अर्ब ७८ करोडको कारोबार

  • मंगलवार, फाल्गुण २ २०७९

  • 347
    SHARES

  • नेप्से १६ अंकले घट्यो, १ अर्ब ७८ करोडको कारोबार

    काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १६.४० (०.७७) प्रतिशतले गिरावट आएको छ । कारोबार समयदेखि घट्न थालेको नेप्से अन्तिम समयमा २१०५ अंकमा आएर रोकिएको छ ।

    आज नेप्सेको कारोबार २१२२ अंकबाट सुरु भएको थियो । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयमा आएर केही सुधारिएको हो । अन्यथा, परिसूचक २१०० अंकमा आएर रोकिने छाँट देखाएको थियो ।

    परिसूचक घट्दा १ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसक्रममा आज ४६ लाख ८५ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक घटेपनि ४५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ वटा कम्पनीको घटेको छ । यस्तै, ८ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

    आज युनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता ११ सय ७० रुपैयाँले बढेको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २० हजार २६९ रुपैयाँ पुगेको छ । यस्तै, आज बाराही जलविद्युतको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँ घटेको छ ।

    बजारमा दोहोरो अंकको गिरावट आएको दिन आज उत्पादनमूलक उद्योगबाहेक अन्य सबै समूह घटेका छन् ।


    मंगलवार, फाल्गुण २ २०७९०४:०७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij