बाँके । कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपालञ्जमा एक व्यक्तिको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज वडा नं.–१ का ४५ वर्षीय एक पुरुषको मृत्यु भएको हो । दुबै फोक्सोमा निमोनिया देखिएको उनको भेरी अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको छ ।
भदौं ३१ गते कोरोना पुष्टि भएका ति पुरुषको आज बेलुकी करिब ५ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।