Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘सार्वजनिक बिदाका नाममा अराजकता अति भयो’ : गगन थापा

‘सार्वजनिक बिदाका नाममा अराजकता अति भयो’ : गगन थापा

  • सोमवार, फाल्गुण १ २०७९

  • 466
    SHARES

  • ‘सार्वजनिक बिदाका नाममा अराजकता अति भयो’  : गगन थापा

    काठमाडौं। नेपालि कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय नेपालमा सार्वजनिक बिदाका नाममा अराजकता अति भएको बताउनुभएको छ। सरकारले आज ‘जनयुद्ध दिवस’का अवसरमा देशैभर बिदा दिएको छ। यसैबारे आफ्नो धारणा राख्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले कुनै पनि तहका सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउनुपर्ने पनि बताउनुभएको छ ।

    आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महामन्त्री थापाले आज फेरि बिदा शिर्षक दिएर पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको पनि उल्लेख गर्नु भएको छ।

    उहाँले फेसबुकमा लेख्नुभएको छ,‘पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको छ। कहिले लहडमा, कहिले भावावेगमा,कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि। झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन्। यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो। सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो’ ।

    यस्तै उहाँले ‘कार्यकारीको यस्तो स्वेच्छाचारितालाई नियमन गर्न उसैलाई जिम्मा दिनुको के अर्थ?’ भन्दै प्रश्न गर्नुभयो। ‘कार्यकारी स्वेच्छाचारितालाई रोक्ने व्यवस्थापिकाले हो। यो विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिन्छ। न्युजिल्यान्ड, जापान लगायत विश्वका थुप्रै देशहरूमा सार्वजनिक बिदा सम्बन्धी कानुन छ, त्यसैका आधारमा बिदा तय गरिन्छ। नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित छ।

    अब संसदमा तत्कालै गर्नुपर्ने विषयमा यसलाई राखौँ। सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानुन निर्माणको अग्रसरता लिउँ । यसका लागि नेपाली कांग्रेसले पहलकदमी लिनेछ।’


    सोमवार, फाल्गुण १ २०७९०२:२७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij