एजेन्सी । अमेरिकाले १५ हजार नेपालीसहित करिब ४ लाख आप्रवासीलाई देश निकाला गर्नसक्ने गरी अदालतले बाटो खुला गरेको छ ।
अब ट्रम्प सरकारले ‘टेम्पोररी प्रोटेक्सन स्टाटस’ (टिपिएस)अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देशबाट निकाल्न सक्नेछ ।
यसरी देश निकाला हुनेमा नेपालसँगै एल–साल्भाडोर, हाइटी, निकारागुआ, सुडान र होन्डुराससहितका १० देशका आप्रवासी बढी छन् ।
टिपिएसअन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीको संख्या करिब चार लाख रहेको न्यूयोर्क टाइम्सले जनाएको छ । यी सबैलाई अमेरिकाबाट निकाल्न ट्रम्प सरकारलाई बाटो खुलेको छ ।