Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पाल्पाली संगमको अध्यक्षमा खत्री र महासचिवमा भण्डारी निर्वाचित 

पाल्पाली संगमको अध्यक्षमा खत्री र महासचिवमा भण्डारी निर्वाचित 

  • सोमवार, फाल्गुण १ २०७९

  • 705
    SHARES

  • पाल्पाली संगमको अध्यक्षमा खत्री र महासचिवमा भण्डारी निर्वाचित 
    काठमाडौं । पाल्पाबाट काठमाडौं आई बसोबास गर्दै आएका पाल्पालीहरूको सबै भन्दा पुरानो साझा संस्था पाल्पाली संगमको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । 
     
    संगमका निवर्तमान महासचिव विष्णु बहादुर खत्रीको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा केशव आचार्य, यम झेंडी र पाण्डप खत्री, महासचिवमा जीवन भण्डारी, सचिवमा सिता विष्ट कार्की, गोपाल राना, बालकृष्ण पोखरेल र लक्ष्मीप्रसाद शर्मा र कोषाध्यक्षमा संजय भट्टराई निर्वाचित हुनुभएको छ । 
     
    संगमको २३ सदस्यीय कार्यसमितिको सदस्यहरूमा मञ्जु ढकाल आचार्य, पुरुषोत्तममान कर्माचार्य, मीन प्रसाद बस्याल, जगदीश नेपाल, विमला बस्याल, विश्वहरि नेपाल, डिआर पोखरेल, विमल पन्त, ओमकुमारी थापा झेंडी, भोजराज पाण्डे, विष्णुप्रसाद पाण्डे, श्रीधर अर्याल र सुरेन्द्रकुमार बस्याल निर्वाचित हुनुभएको अध्यक्ष मण्डलका संयोजक तथा संगमका पूर्व अध्यक्ष रुद्र बस्यालले जानकारी दिनुभयो । 
     
    अधिवेशनको उद्घाटन समारोहमा संगमले २०३९ सालदेखि प्रकाशन गर्दै आएको पाल्पा दर्पण नामक स्मारिकाको मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले सार्वजनिकिकरण गर्नु भएको थियो । उहाँले पाल्पाको विकासका लागि बौद्धिक समूहको रुपमा संगमले काम गर्दै आएको र आगामी दिनमा पनि थप योगदान हुने अपेक्षा व्यक्त गर्नुभयो । 
     
    पाल्पा क्षेत्र नं. २ का संघीय सांसद ठाकुर गैह्रेले पाल्पाको विकासका लागि पाल्पाली संगमले अनुकरणीय भूमिका खेल्दै आएकाले आगामी दिनमा पनि थप रचनात्मक र बौद्धिक कामका लागि सहकार्य गर्न आफू तत्पर रहेका बताउनुभयो। 
     
    विभिन्न पेसा व्यवसाय र अध्ययनका लागि काठमाडौंमा रहेका पाल्पालीहरूले २०३२ देखि अनौपचारिक छलफल र भेटघाटबाट सुरु भएको संगम बनाउने पहल अन्ततः २०३८ सालमा विभिन्न उद्देश्य राखेर पाल्पालीहरूको साझा संस्थाको रुपमा पाल्पाली संगमको गठन गरेका थिए । यसलाई २०४७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत् दर्ता गरिएको थियो । संगमले काठमाडौंमा बस्ने पाल्पालीहरूलाई संगठित गरी पाल्पाको पर्यटन, कला, संस्कृतिको प्रचार तथा प्रवर्द्धन गर्ने विविध क्रियाकलाप गर्दै आइरहेको छ । 
     
    अघिल्लो कार्यकालसम्म काठमाडौंमा मात्रै सीमित पाल्पाली संगम गत वर्षदेखि विश्वका धेरै देशमा विस्तार गरिएको निवर्तमान अध्यक्ष पदम न्यौपानेले जानकारी दिनुभयो । संगमका अन्तर्राष्ट्रिय संयोजक सतीश चापागाईँका अनुसार अमेरिका, पोर्चुगल, दक्षिण कोरिया र नर्वेमा पाल्पाली संगमका संयोजकहरू तोकिनु भएको छ भने अरू देशमा पनि संगमको शाखा गठनका लागि गृहकार्य भइरहेको छ । संगमले विभिन्न देश तथा ठाउँमा रहेका पाल्पा सम्बन्धी अन्य संघ संस्थाहरूलाई पनि एकीकृत गरी सहकार्यको अभ्यास पनि गर्दै पूर्व अध्यक्ष यज्ञ शर्माले जानकारी दिनुभयो ।


    सोमवार, फाल्गुण १ २०७९०९:३९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij