Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी जनयुद्धलाई हिंसात्मक गतिविधि मात्र भन्नु अन्याय हुन्छः जसपा नेता यादव

माओवादी जनयुद्धलाई हिंसात्मक गतिविधि मात्र भन्नु अन्याय हुन्छः जसपा नेता यादव

  • सोमवार, फाल्गुण १ २०७९

  • 676
    SHARES

  • माओवादी जनयुद्धलाई हिंसात्मक गतिविधि मात्र भन्नु अन्याय हुन्छः जसपा नेता यादव
    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं सांसद राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस पारेर सार्वजनिक बिदा दिनु साहसिक निर्णय भएको बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै यादवले भन्नुभयो, ‘अहिलेको परिवर्तनको मुख्य कारक माओवादी जनयुद्ध हो । तसर्थ जनयुद्धलाई सम्मान गर्नुपर्छ । उहाँ आफैं जनयुद्धको नेतृत्व गर्दै प्रचण्ड बन्नुभएको हो । यो निकै साहसिक निर्णय हो । परिवर्तनको लाभ लिन खप्पिस हुने र मोज गर्ने अनि यसलाई हिंसात्मक गतिविधि मात्र भन्नु अन्याय हुन्छ । यो राजनीतिक विद्रोह हो,।’
     
    नेता यादवले जनयुद्ध दिवसमा बिदा मात्र दिएर झारा नटार्न पनि प्रचण्डलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘जनयुद्ध सम्पूर्ण राज्यसत्ताविरुद्ध ज्यानको बाजी थापेर लडिएको थियो । अब बिदा मात्र दिएर झारा टारेर हुँदैन । सर्वहारा र मुक्तिकामी मजदुर किसानको पक्षमा आमूल परिवर्तनको पहल गर्नुपर्छ । जनयुद्धमा उठान भएका मुद्दालाई व्यावहारिक रुपमा कसरी पूरा गर्ने भन्ने प्रमुख कुरा हो ।’
     
    उहाँले जनयुद्धको नेतृत्वकर्ता प्रचण्डको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी बस्नै नहुने जिकिर पनि गर्नुभयो । यादवले थप्नुभयो, ‘राजनीतिक, वैचारिक र नैतिक कोणबाट राप्रपा सरकारमा बस्नै मिल्दैन । राजनीति भनेको व्यापार होइन । यस्ता खालका राजनीतिक विचलनले नै जनतामा निराशा छाएको हो ।’
     
    अर्को प्रसंगमा नेता यादवले भारतीय विदेशसचिव विनयमोहन क्वात्रा प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिन आउन लागेकाले यसलाई नियमित भ्रमण मात्र मान्नु उपयुक्त हुने पनि औंल्याउनुभयो ।
     


    सोमवार, फाल्गुण १ २०७९०९:३२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij