Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

  • सोमवार, फाल्गुण १ २०७९

  • 556
    SHARES

  • कस्तो रहला आजको मौसम ?
    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसले गर्दा प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 
     
    मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार(आज) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ। 
     
    भोलि पनि गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ। तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्नेछ। 


    सोमवार, फाल्गुण १ २०७९०६:०७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij