Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
कोरोनाभाइरस अपडेटः

१२४६ जनामा संक्रमण पुष्टि, १२४३ जना डिस्चार्ज

१२४६ जनामा संक्रमण पुष्टि, १२४३ जना डिस्चार्ज

  • बिहिवार, आश्विन १ २०७७

  • 888
    SHARES

  • १२४६ जनामा संक्रमण पुष्टि, १२४३ जना डिस्चार्ज

    काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार २४६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

    यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । यस्तै पछिल्लो पटक एक हजार २४३ जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको कूल संख्या ४२ हजार ९४९ पुगेको छ ।

    थप ४ जनाको मृत्यु

    कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप चारजनाको निधन भएको छ । मृत्यु हुनेमा तीन महिला र एकजना पुरुष छन् । मृत्यु हुनेमा काठमाडौंका एक पुरुष, मोरङ, चितवन र कैलालीमा एक– एकजना रहेका छन् ।

    योसँगै देशभर संक्रमणबाट निधन हुनेको संख्या ३८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


    बिहिवार, आश्विन १ २०७७०५:१६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij