Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भूकम्पग्रस्त टर्कीलाई नेपालले पठाइयो राहत सामग्री

भूकम्पग्रस्त टर्कीलाई नेपालले पठाइयो राहत सामग्री

  • बिहिवार, माघ २६ २०७९

  • 712
    SHARES

  • भूकम्पग्रस्त टर्कीलाई नेपालले पठाइयो राहत सामग्री
    काठमाडौं । भूकम्प प्रभावित टर्कीका लागि आज नेपालबाट राहत सामग्री पठाइएको छ। उक्त सामग्री टर्की एयरका कर्मचारीले रकम संकलन गरी इस्लामिक संघको सहकार्यमा पठाइएको हो ।
     
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो बसेको राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणको दशौं बैठकले टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको थियो। राहत सामग्री प्राधिकरणसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले पठाएको हो । 
     
    टर्कीलाई तत्काल आवश्यक न्यानो लुगा, औषधि, जेनरेटरलगायत सामग्री नियमित उडानका दुई जहाजमार्फत सरकारले पठाउने भएको छ। 
     
    उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सबै सहयोग गर्नुपर्ने बताउनुभएको थियो।
     
    टर्की केन्द्रबिन्दु भएर सोमबार गएको विनाशकारी भूकम्पका कारण ठुलो जनधनको क्षति भएको छ । 


    बिहिवार, माघ २६ २०७९०४:२७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij