Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेप्सेमा १२.४५ अंकको वृद्धि, २ अर्ब ६ करोडको कारोबार

नेप्सेमा १२.४५ अंकको वृद्धि, २ अर्ब ६ करोडको कारोबार

  • बिहिवार, माघ २६ २०७९

  • 510
    SHARES

  • नेप्सेमा १२.४५ अंकको वृद्धि, २ अर्ब ६ करोडको कारोबार
    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार(आज) सेयर बजार परिसूचक नेप्से दोहोरा अंकले बढेर बन्द भएको छ । बजार परिसूचक नेप्से १२.४५ अंकले वृद्धि हुँदा २१८२.६३ अंकमा बन्द भएको छ । दिनभर उतारचढाव देखिएको बजार अन्तिम समयमा बढेर बन्द भएको हो ।
     
    नेप्सेमा सुधार देखिएपनि कारोबार रकम भने २ अर्ब ६ करोड २० लाख ५९ हजारमा सीमित भएको छ । अपि पावरको सर्वाधिक ५ करोड ८६ लाख ५५ हजारको कारोबार हुँदा नबिल बैंकको ५ करोड ७३ लाख ५५ हजार र ङ्यादी ग्रुप पावरको ५ करोड ३३ लाख ७ हजारको कारोबार भएको छ ।
     
    आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक वृद्धि हुँदा नेप्से पनि दोहोरो अंकले बढेको हो । आज विकास बैंक उपसूचक सर्वाधिक १.४६ प्रतिशत र हाइड्रोपावर उपसूचक १ प्रतिशतले वृद्धि भएको छ ।
     
    बजारमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १५२ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ भने ५८ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ६ कम्पनीको सेयरमूल्यमा भने स्थिर छ । जसमध्ये वाराही हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै विजय लघुवित्तको सेयरमूल्य ५.९२ प्रतिशत र जोशी हाइड्रोपावरको सेयरमूल्य ५.६३ प्रतिशतले बढेको छ ।
     
    गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक ४.१६ प्रतिशतले गिरावट हुँदा आदर्श लघुवित्तको सेयरमूल्य ३.४९ प्रतिशत र बिन नेपाल लघुवित्तको सेयरमूल्य २.६९ प्रतिशतले गिरावट भएको छ ।
     


    बिहिवार, माघ २६ २०७९०४:०३:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij