Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ७.१३ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा ७.१३ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

  • बुधवार, माघ २५ २०७९

  • 516
    SHARES

  • नेप्सेमा ७.१३ अंकको गिरावट, कारोबार रकम भने बढ्यो
    काठमाडौं । मंगलबार एकै दिन ७६ अंकको वृद्धि पछि बुधबार(आज) शेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य करेक्सन भएको छ । आज बजार परिसूचक नेप्से ७.१३ अंकले गिरावट भएर २१७०.२१ अंकमा बन्द भएको छ ।
     
    नेप्सेमा करेक्सन भएपनि कारोबार रकम भने बढेर ३ अर्ब ६९ करोड १९ लाख ७३ हजार पुगेको छ । हिजो उच्च अंकले बढेको बजारमा आज नाफा बुक गर्न खोज्ने लगानीकर्ताले बिक्री चाप बढाउँदा नेप्सेमा तीव्र उतारचढाव देखियो भने कारोबार रकम पनि वृद्धि भयो ।
     
    आज नेप्सेसँगै अन्य बाहेक सबै उपसूचकमा गिरावट भएको छ । आज नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ११ करोड २८ लाख ६७ हजार रुपैयाँको कारोबार हुँदा अपि पावरको १० करोड २१ लाख ६७ हजार र ङ्यादी ग्रुप पावरको ८ करोड ९५ लाख १३ हजारको कारोबार भएको छ ।
     
    आज कारोबार भएकामध्ये तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ३.३२ प्रतिशतले वृद्धि हुँदा धौलागिरि लघुवित्तको ३.०८ प्रतिशत र राधि विद्युत कम्पनीको शेयरमूल्य २.५९ प्रतिशतले बढेको छ ।
     
    आदर्श लघुवित्तको शेयरमूल्य ५.१४ प्रतिशतले गिरावट हुँदा पोखरा फाइनान्सको शेयरमूल्य ४.९८ प्रतिशत र ग्रिन भेञ्चतर लिमिटेडेको शेयरमूल्य ३.८८ प्रतिशतले गिरावट भएको छ ।
     
    आज नेप्सेमा २१६ कम्पनीको शेयर कारोबार भएकोमा ६७ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा १४२ कम्पनीको शेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै ७ कम्पनीको शेयरमूल्य स्थिर छ ।
     


    बुधवार, माघ २५ २०७९०४:३१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij