काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू—भागका केही स्थानहरूमा आंशिक बदली तथा बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार(आज) दिउँसो तथा राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै मंगलबार देशका पहाडी भू—भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू—भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।