Oct 31 2026 | २०८३, कार्तिक १५ गते

२०८३, कार्तिक १५ गते
  • यो साता चर्चामा :
images

२२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि २ अर्बमा सीमीत

२२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि २ अर्बमा सीमीत

  • बिहिवार, माघ १९ २०७९

  • 327
    SHARES

  • २२ अंकले घट्यो नेप्से, कारोबार रकम पनि २ अर्बमा सीमीत

    काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्सेमा १.०४ प्रतिशतको गिरावट हुँदा २ हजार अंकको बिन्दुमा झरेको छ । ८ पुसमा १८६७.२१ अंकमा रहेको नेप्से १० पुसमा नयाँ सरकार गठनसँगै लगातार बढेर २५ पुसमा २२११.७७ अंकसम्म पुगेको थियो । त्यसपछि भने बजारमा उताचढाव देखिएपनि नेप्से घट्दै आज पुनः २१०० अंकको बिन्दुबाट तल झरेको छ ।

    आज बजार परिसूचक नेप्से २२.१२ अंकले गिरावट हुदाँ २०९४.५४ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ भने कारोबार रकम पनि २ अर्बमा सीमीत भएको छ । आज सबै उपसूचकमा गिरावट हुँदा जीवन बीमा र हाइड्रोपावर उपसूचक २ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । कारोबार रकममा पनि खासै उत्साह नभए पनि बुधबारको भन्दा केही बढेको छ ।

    आज २ अर्ब ९ करोड ६४ लाखको कारोबार भएको छ । यसपछि बजारमा कुल २१६ कम्पनीको सेयर कारोबार हुँदा १९४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १९ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

     


    बिहिवार, माघ १९ २०७९०३:५०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij