Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

वर्तमान गठबन्धन धेरै समय टिक्दैन, राष्ट्रपति निर्वाचनमा कोर्स करेक्सन गर्नुपर्छ :  किसान श्रेष्ठ

वर्तमान गठबन्धन धेरै समय टिक्दैन, राष्ट्रपति निर्वाचनमा कोर्स करेक्सन गर्नुपर्छ :  किसान श्रेष्ठ

  • बिहिवार, माघ १९ २०७९

  • 702
    SHARES

  • वर्तमान गठबन्धन धेरै समय टिक्दैन, राष्ट्रपति निर्वाचनमा कोर्स करेक्सन गर्नुपर्छ :  किसान श्रेष्ठ
    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद किसान श्रेष्ठले आगामी राष्ट्रपति निर्वाचनमा राजनीतिक कोर्स करेक्सन हुने बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा  पत्रकार ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले विगतमा एउटै पार्टीको प्रधानमन्त्री र राष्ट्रपति हुँदा आफूले निकै क्षति बेहोरेको स्मरण गर्नुभयो । सात दलीय गठबन्धनको सहमतिअनुसार अढाई वर्षपछि फेरि एउटै पार्टीको प्रधानमन्त्री र राष्ट्रपति हुँदा के अवस्था हुन्छ भन्ने कुरामा सबैले बेलैमा सोच्नुपर्ने बताउँदै उहाँले राष्ट्रपति निर्वाचन राजनीतिक कोर्स करेक्सनको अवसर रहेको दाबी गर्नुभयो । 
     
    एमालेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिनु होला भन्ने पत्रकार धमलाको प्रश्नमा श्रेष्ठले भन्नुभयो, ‘धोका दिने वा नदिनेभन्दा पनि एउटै महत्त्वपूर्ण पद दिँदा के अवस्था हुन्छ भन्ने हामीले भोगिसकेका छौं । उहाँले आफ्नो पार्टी यही सरकारमा जानेभन्दा पनि हिजोकै वाम लोकतान्त्रिक गठबन्धनको सरकार बनाउनुपर्ने पक्षमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मंसिर ४ को गठबन्धन टुट्नै हुँदैनथ्यो । स्थानीय तह, संघ र प्रदेशमा मिलेर लडियो । मलाई बारा ४ का जनताले अत्यधिक मतका साथ जिताए । त्यसको केही न केही माया त लाग्छ नि । के कारणले टुट्यो भन्नेतिर हामी नजाऊँ । अब फेरि वाम लोकतान्त्रिक गठबन्धन बन्नुपर्छ । हिजोको गल्ती अब सच्चिन्छ कि भन्ने लाग्छ ।’
     
    राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा सरकार बाहिर गए भने एकीकृत समाजवादीले सरकारलाई साथ दिनुपर्ने बाध्यता हुने पनि उहाँले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘फेरि मध्यावधिमा जाऊँ भने चुनाव गर्न ढुकुटीमा पैसा छैन । सांसद नभएको व्यक्तिले मन्त्री मागिरहेको स्थिति छ । यसकारण नयाँ पार्टीले समेत जनविश्वास गुमाउने स्थिति छ । हिजो टीभीमा नेताहरूलाई छेडछाड गर्ने, मर्ने गरी हान्ने रविजी नै होइन ?’ 
     
    वर्तमान गठबन्धन धेरै समय नटिक्ने पनि उहाँले औंल्याउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘कसैलाई राजा र हिन्दु राज्य चाहिने, कसैलाई संघीयता नचाहिने, कसैलाई नभई नहुने दलहरूको गठबन्धन छ । संविधान विरुद्ध आफ्नै क्याबिनेटका मन्त्रीले बोल्न थालेपछि प्रधानमन्त्रीले कारबाही गर्छु भनेको पनि एक हप्ता भइसक्यो । विचार, सिद्धान्त, मूल्य र मान्यता नमिल्नेसँग गठबन्धन गरेपछि यस्तै हालत त हुन्छ नि ।’
     


    बिहिवार, माघ १९ २०७९०९:५२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij