Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

  • बिहिवार, माघ १९ २०७९

  • 495
    SHARES

  • माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै
    काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबार(आज) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेका लागि बैठक तय भएको सो दलले जनाएको छ । हिजोका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता भन्दै स्थगित गरेको थियो ।   
     
    आजको बैठकमा पार्टीका नेताहरूको जिम्मेवारी र कार्यविभाजनमा केन्द्रित भएर छलफल हुने केन्द्रले जनाएको छ । स्थायी समिति बैठकमा पेस गर्ने नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । सो कार्यदलले सैद्धान्तिक प्रतिवेदन पेस गरिसकेको छ । नेताहरूको कार्य विभाजन तथा जिम्मेवारीका लागि अध्यक्ष प्रचण्ड र उपाध्यक्षहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालाई जिम्मेवारी दिइएको थियो । 
     
    आजको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, गृह मन्त्रालयका विषयमा समेत छलफल हुनसक्ने महासचिव गुरुङले बताउनुभयो । 


    बिहिवार, माघ १९ २०७९०६:३८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij