काठमाडौं । लगातार तीन दिन निरन्तर ओरालो लागेको सेयर बजार आज सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ विन्दुमा अडिएको छ। नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने घटेको छ।
यसअघि साताको सेयर कारोबारका तीन दिन आइतबार,सोमबार र मंगलबार नेप्से निरन्तर ओरालो लागेको थियो।आज २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९१६ रूपैयाँमा खरिदबिक्री भयो।
अघिल्लो कारोबार दिन मंगलबार २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रूपैयाँमा कारोबार भएको थियो। त्यसको अघिल्लो कारोबार दिन सोमबार ३ अर्ब ३० करोडको सेयर किनबेच भएको थियो।
एउटा मात्रै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो।आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लेभलमा कारोबार भएको हो। सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य ८.२८ प्रतिशतले मूल्य बढेको हो।
यसदिन कारोबार रकमका आधारमा नेपाल बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ५ करोड ९३ लाख बढिको सेयर कारोबार भयो। रिडी पावरको ४ करोड ९२ लाख र एनआईसी एसिया बैंकको ४ करोड ७६ लाखको सेयर कारोबार भयो।