Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भक्तपुर हत्याः आरोपितलाई १० दिन हिरासतमा राख्न अनुमति

भक्तपुर हत्याः आरोपितलाई १० दिन हिरासतमा राख्न अनुमति

  • बुधवार, आषाढ १७ २०७७

  • 794
    SHARES

  • भक्तपुर हत्याः आरोपितलाई १० दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । ढुंगाले हानेर हत्या गरेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सिन्धुली घर भइ भक्तपुरको गहिटी क्षेत्रमा बस्दै आएका ३० वर्षीय इन्द्रबहादुर तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

    भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाका अनुसार तामाङले ढुंगाले हानेर अन्दाजी ४५ वर्षीय कृष्ण तामाङको हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको थियो ।

    जिल्ला अदालत, भक्तपुरले ज्यान सम्बन्धी कसूरमा अनुसन्धानका लागि मंगलबार १० दिन हिरासतमा राख्न अनुमति दिएको भक्तपुरका डीएसपी दिपक गिरी बताउँछन् ।

    घटनाबारे अनुसन्धानका लागि प्रहरी निरीक्षक भगवती तिमल्सिना र अपराध महाशाखाबाट इस्पेक्टर किशोर ढुंगानाको संयुक्त अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो । त्यसक्रममा टाउको, निधार र चिउडोमा तामाङको चोट देखिएको थियो ।

    अनुसन्धानका क्रममा तामाङले आपसी विवादमा ढुंगा प्रहार गरेको देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।


    बुधवार, आषाढ १७ २०७७१०:०८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij