Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जिम्मेवार र जनमतबाट ठुलो पार्टी भएकाले राष्ट्रपतिमा कांग्रेस नै योग्य : मीन विश्वकर्मा

जिम्मेवार र जनमतबाट ठुलो पार्टी भएकाले राष्ट्रपतिमा कांग्रेस नै योग्य : मीन विश्वकर्मा

  • मंगलवार, माघ १७ २०७९

  • 450
    SHARES

  • जिम्मेवार र जनमतबाट ठुलो पार्टी भएकाले राष्ट्रपतिमा कांग्रेस नै योग्य : मीन विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवार नै रहने बताउनुभएको छ । जनमतबाट ठुलो र संसदमा सबैभन्दा बढि सिट भएको र जिम्मेवार पार्टी कांग्रेस भएकाले कांग्रेसबाटै उम्मेदवार हुने आफूहरुको माग रहेको नेता विश्वकर्माले बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै विश्वकर्माले एक्लै पार्टीबाट निर्वाचित हुने सम्भावना कम भएकाले अरु दलहरुसँग पनि सहमती गर्न सकिने बताउनुभयो ।

    व्यवहारिक पक्षलाई मध्यनजर गरेर पार्टीले उम्मेदवार तय गर्ने र सोहि उम्मेदवारलाई जिताउने विषयमा छलफल अगाडि बढाउने कुरामा जोड दिनुभयो । राष्ट्रपति जस्तो गरिमामय, जिम्मेवार र नेतृत्वदायी पदमा त्यस्तै जिम्मेवार व्यक्ति र दललाई ल्याउनुपर्ने कुरामा सबैको ध्यान केन्द्रित भइरहेको अवस्था नेपाली कांग्रेस नै सहि भएको नेता विश्वकर्माको दाबि छ ।

    निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको निर्णयअनुसार आगामी फागुन २५ गते बिहीवार राष्ट्रपतिको र चैत ३ गते शुक्रवार उपराष्ट्रपतिको चुनाव गर्ने गरी मिति तोकिएको छ ।

    दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।


    मंगलवार, माघ १७ २०७९०८:३१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij