काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३ सय ८६ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । ७ सय ७० वटा नमुनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि भएन ।
सोहि अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । यो अवधिमा देशभर १ जना संक्रमणमुक्त्त भएका छन् । यस्तै सोहि अवधिमा ३० हजार ३ सय ३३ जनाले कारोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २० रहेको छ ।