Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना, यस्तो रहने छ देशभरको मौसम 

सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना, यस्तो रहने छ देशभरको मौसम 

  • आइतवार, माघ १५ २०७९

  • 518
    SHARES

  • सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना, यस्तो रहने छ देशभरको मौसम 
    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू—भागमा आंशिक बदली रहेको छ।
     
    आइतबार(आज) दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक—दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
     
    राति सुदूरपश्चिम र कर्णाली प्रदेशका एक—दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
     
    तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले  अनुरोध छ ।  
     
    सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । ती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
     
    मंगलबार पनि  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
     


    आइतवार, माघ १५ २०७९०६:३०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij