काठमाडौँ । संघीय संसद् सचिवालयले राष्ट्रियसभाका उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
शुक्रबार(आज) बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले सचिवालयलाई निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिनुभएको थियो । सोहीअनुसार सचिवालयले माघ २२ गते उम्मेदवारी दर्ता र २३ गते मतदान गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।
राष्ट्रियसभाको उपाध्यक्ष पद झण्डै एक वर्षदेखि रिक्त छ ।
यस्तो छ कार्यतालिका :