Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंका सुकुम्वासी फेरि सडकमा, स्थायी विकल्प नपाएसम्म नहट्ने अडान

काठमाडौंका सुकुम्वासी फेरि सडकमा, स्थायी विकल्प नपाएसम्म नहट्ने अडान

  • शुक्रवार, माघ १३ २०७९

  • 369
    SHARES

  • काठमाडौंका सुकुम्वासी फेरि सडकमा, स्थायी विकल्प नपाएसम्म नहट्ने अडान
    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बस्ती हटाउने प्रयास थालेपछि सुकुम्वासीहरू फेरि आन्दोलित भएका छन् । 
     
    काठमाडौंका अवैध सुकुम्वासी बस्ती हटाउन भन्दै शाहले केही दिनअघि गृहमन्त्री रवि लामिछानेसँग भेटेर सहयोग माग्नुभएको थियो।
     
    बस्ती हटाउन मेयर शाह सक्रिय भएसँगै केही महिनादेखि आन्दोलित सुकुम्वासीले शुक्रबार(आज)माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन् । 
     
    संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको आयोजनामा प्रदर्शनमा उत्रिएका उनीहरूले भूमि अभियन्तामाथिको झुटो जाहेरी निसर्त फिर्ता गरियोस्, भूस्वामित्वसहित स्थायी विकल्प बिनाको उठिबास बन्द गर्नुपर्ने,भूमि ऐन बमोजिम लालपुर्जा वितरण गर्नुपर्ने सरकारसँग माग राखेका छन् ।
     
    यसअघि नै महानगरले डोजर लगाएर बस्ती हटाउन खोजेको थियो। तर राम्रो विकल्प नपाएसम्म आफूहरू नहट्ने अडानमा उनीहरू छन्। 
     
    प्रदर्शनका क्रममा सुकुम्वासीहरूले जबरजस्ती उठीबास र डोजर आतंक बन्द गर, महानगर सम्झौता कार्यान्वयन गर, काठमाडौंमा सुकुम्वासीले पनि बस्न पाउँछन् जस्ता नारासहितका ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। 


    शुक्रवार, माघ १३ २०७९०३:३५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij