Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संविधान बचाउन राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारी : प्रदीप पौडेल

संविधान बचाउन राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारी : प्रदीप पौडेल

  • मंगलवार, माघ १० २०७९

  • 452
    SHARES

  • संविधान बचाउन राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारी :  प्रदीप पौडेल

    काठमाडौं । प्रतिनिधी सभाका सदस्य तथा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीका रणनितीहरु प्रभावकारी र सहि सन्देश दिने खालका नभएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भन्नुभयो, ‘हाम्रा रणनितीहरु सहि शन्देश दिने खालका भएनन्, प्रभावकारी बन्न सकेनन् उपलव्धि मुलक भएनन् यो पार्टीको आन्तिरिक विषय हो यसलाई समिक्षा गरेर अगाडि बढ्नु पर्र्छ ।’

    कांग्रेसले प्रमुख विपक्षी दलको सुविधा पाउने समाचारहरु सार्वजनिक भएपछि नेता पौडेलले आफूहरु विपक्षीमै रहेको र विपक्षीकै भुमिकामा रहेर जनाका आवाज प्रभावकारी ढंगले उठाउने स्पष्ट पार्नुभयो । सिर्जनशील विपक्षीका रुपमा आफूहरुको भुमिकालाई प्रभावकारी बनाउने नेता पौडेलले बताउनुभयो ।

    यसैबीच नेता पौडेलले अबको राष्ट्रपति नेपाली कांग्रेसबाट हुन सके राष्ट्रको अभिभावक हुन सक्ने र आजको स्थितीमा समन्वय गर्न सक्ने कुरामा जोड दिनुभयो । संविधान बचाउन र संविधानका विरुद्ध हुने कुनै पनि किसीमका बेथितीलाई अन्त्य गर्न राष्ट्रपतिमा उम्मेदवार उठाउन खोजेको दाबी गर्नुभयो ।


    मंगलवार, माघ १० २०७९०७:२०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij