Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

के साच्चै पत्ता लागेकै हो त कोभिड –१९ कोे औषधि ?

के साच्चै पत्ता लागेकै हो त कोभिड –१९ कोे औषधि ?

  • मंगलवार, भाद्र ३० २०७७

  • 1.3K
    SHARES

  • के साच्चै पत्ता लागेकै हो त कोभिड –१९ कोे औषधि ?

    एजेन्सी । अमेरिकास्थित युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरुले कोरोना भाइरस (कोभिड –१९)लाई निस्क्रिय बनाउने उपचार विधि पत्ता लगाएको दाबी गरेका छन् ।

    फक्स न्युजमा आज छापिएको समाचारअनुसार उनीहरुले सार्स–कोभिड –२ भाइरस निष्क्रिय बनाउने निकै सानो बायोलोजिकल कण विश्वविद्यालयमा आइसोलेटेड गरेका छन् ।

    यो एन्टीबडीको तत्व पूर्ण आकारको एन्टीबडीभन्दा १० गुणा सानो छ र एबी –८ नामक औषधि बनाउन यसको प्रयोग गरिएको छ ।

    सार्स–कोभिड–२ को सम्भावित रोकथामका लागि यो औषधिलाई महत्वका साथ हेरिएको छ । रिपोर्टमा उल्लेख भएअनुसार परीक्षणका दौरान मुसा र ह्याम्स्टर्समा सार्स–कोभिड –२ रोकथाम र उपचारका लागि यो औषधि निकै प्रभावकारी देखिएको छ ।

    रिपोर्टका अनुसार यो औषधि मानव शरीरमा नरहने भएकाले यसको नकारात्मक असर पनि पर्नेछैन ।

    एबी –८ कोभिड –१९ को उपचारका लागि मात्रै नभएर मानिसलाई सार्स–कोभिड –२ बाट संक्रमणबाट जोगाउन पनि काम लाग्ने सहलेखक जोन मेल्लोर्सको भनाइ छ ।

    Capture.PNG


    मंगलवार, भाद्र ३० २०७७०३:३३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij