Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसको प्रमुख विपक्षको भूमिकालाई कसैले चुनौती दिन सक्दैन : कांग्रेस सांसद गौतम

कांग्रेसको प्रमुख विपक्षको भूमिकालाई कसैले चुनौती दिन सक्दैन : कांग्रेस सांसद गौतम

  • सोमवार, माघ ९ २०७९

  • 660
    SHARES

  • कांग्रेसको प्रमुख विपक्षको भूमिकालाई कसैले चुनौती दिन सक्दैन : कांग्रेस सांसद गौतम
    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जयकुमार गौतमले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु सैद्धान्तिक रुपमा गलत रहेको बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै गौतमले भन्नुभयो, ‘हिजो हाम्रो विचार समूहको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु सैद्धान्तिक रुपमा उपयुक्त थिएन भन्ने मत आएको साँचो हो तर विश्वासको मत फिर्ता लिनुपर्छ भन्ने निष्कर्ष आएको होइन । हामी राष्ट्रपति निर्वाचनसम्म पर्खन्छौं।’ 
     
    पार्टीले ह्विप लगाएपछि सरकारप्रतिको असहमतिका बाबजुद प्रचण्डलाई विश्वासको मत दिएको पनि गौतमले बताउनुभयो । उहाँले केही नयाँ प्रयोग गर्दै मुलुकको स्थिरता र विकासका लागि प्रचण्डलाई विश्वासको मत दिए पनि प्रतिगमनको नाइकेको सहयोगमा बनेको सरकार निर्माणमा कांग्रेसको भूमिका  नरहेको दाबी गर्नुभयो । उहाँले कांग्रेसको विश्वासको मत प्रचण्डलाई समर्थन भएको तर सरकारलाई नभएको जिकिर गर्नुभयो ।
     
    संसद्मा कांग्रेसको प्रमुख विपक्षको भूमिकालाई कसैले चुनौती दिन नसक्ने पनि उहाँले औंल्याउयनुभयो । गौतमले भन्नुभयो, ‘हामी अहिले प्रमुख विपक्षको सेवा र सुविधा देऊ भनेर याचना गर्ने ठाउँमा पुगेका छैनौं । नैतिक रुपमा हामी प्रतिपक्ष त नै हौं । त्यो हाम्रो अधिकार हो । हामीलाई कसैले चुनौती दिन सक्दैन । तर विश्वासको मत दिइसकेपछि आत्मबलका साथ त्यो भूमिका गर्न सकिँदैन कि भन्ने पनि छ । संसद्मा कांग्रेसको भूमिका रचनात्मक र सशक्त हुनुपर्छ ।’
     
    आफ्नो विचार समूह संसदीय दल निर्वाचनमा कमजोर देखिएकामा चिन्ता प्रकट भएको उहाँले बताउनुभयो । 
     


    सोमवार, माघ ९ २०७९०९:३०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij