Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
मौसम 

पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश, यी प्रदेशमा वर्षाको सम्भावना 

पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश, यी प्रदेशमा वर्षाको सम्भावना 

  • सोमवार, माघ ९ २०७९

  • 1.3K
    SHARES

  • पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश, यी प्रदेशमा वर्षाको सम्भावना 
    काठमाडौं । देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने हुनाले  सोमबार(आज) साँझ बाट सुदूरपश्चिम र कर्णाली प्रदेशमा राति एक दुई स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू-भागमा मौसम सफा रहने छ ।
     
    आज राति लुम्बिनी प्रदेशको एक दुई ठाउँमा समेत हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ । 
     
    त्यस्तै, भोलि मंगलबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । ती प्रदेशमा राति एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी भूभागमा हिमपात हुनेछ । 
     
    सोहीअनुसार माघ ११ गते बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षा हुनेछ । सोही दिन राति प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा पनि आंशिक बदली रहनेछ । उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ । 
     
    पहाडी भूभागमा राति वर्षा हुनु र उच्च पहाडी भूभागमा हिमपात हुने हुनाले मौसम चिसो हुने तथा तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने हुनाले जनजीवन प्रभावित हुने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । पानी परेपछि केही दिन चिसो बढ्ने पनि विभागको भनाइ छ । 


    सोमवार, माघ ९ २०७९०६:३९:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij