Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भावना कँडेलको ‘फेक स्माइल’ बजारमा

भावना कँडेलको ‘फेक स्माइल’ बजारमा

  • आइतवार, माघ ८ २०७९

  • 1.4K
    SHARES

  • भावना कँडेलको ‘फेक स्माइल’ बजारमा

    काठमाडौं । भावना कँडेलले लेखेको उपन्यास “फेक स्माइल” शनिवारदेखि बजारमा आएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गरियो । यो उहाँको पहिलो उपन्यास हो । उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको छ ।

    कलिलै उमेरमा व्यवसायिक सफलताको स्वाद चाख्दै गरेकी २४ वर्षीया भावना कँडेले लकडाउनको फुर्सदमा किताव लेखेको सुनाउनुभयो । फेक स्माइल उपन्यास रहर मात्र नभएर लेखन यात्रामा निरन्तरताको शुभारम्भ भएको बताउनुभयो ।

    विमोचन कार्यक्रममा पुगेकी नायिका रिमा विश्वकर्मा कलिलो उमेरमै पुस्तक लेख्ने भावना कँडेलबाट आँफु प्रभावित भएको बताउनुभयो । लेख्ने रहर भए पनि सामाजिक सञ्जालमा पोष्टबाहेक केही लेख्न नसकेको भन्दै उनले अब चाँडै पुस्तक लेख्ने सार्वजनिक गर्नुभयो ।

    कार्यक्रममा पुस्तक समिक्षा गर्दै लेखक तथा समालोचक महेश क्षितिज कार्कीले फेक स्माइलले युवा पिँढीको मन जित्ने बताउनुभयो ।

    समिक्षाकै क्रममा लेखक क्रान्ति पराजुलीले उपन्यासमा रहेका जीवन जगत र प्रेमसम्बन्धी केही लाइनले आफ्नो मन जितेको बताउनुभयो। गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले लेखनमा भावनाको भविष्य रहेको बताउनुभयो ।

    शिखा बुक्सले प्रकाशन गरेको यो पुस्तकको अत्याधिक माग बढेपछि विमोचन अघि नै दोस्रो संस्करण निकालिसकिएको छ ।


    आइतवार, माघ ८ २०७९०६:५१:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij