Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दीर्घरोगीको निःशुल्क पिसिआर परीक्षण गर्दै बुटवल उपमहानगर

दीर्घरोगीको निःशुल्क पिसिआर परीक्षण गर्दै बुटवल उपमहानगर

  • मंगलवार, भाद्र ३० २०७७

  • 761
    SHARES

  • दीर्घरोगीको निःशुल्क पिसिआर परीक्षण गर्दै बुटवल उपमहानगर

    काठमाडौं । बुटवल उपमहानगरपालिकाले लामो समयसम्म जटिल उपचार गर्नुपर्ने दीर्घरोगका बिरामीहरूको निःशुल्क पिसिआर परीक्षण गर्ने भएको छ ।

    सरकारबाट तोकिएका क्यान्सर, मिर्गौलाको डाइलाइसिस गर्नुपर्ने बिरामी, मुटु रोग, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाबाट पीडित बिरामीहरूको निःशुल्क पिसिआर परीक्षण हुनेछ ।

    नगरप्रमुख शिवराज सुवेदीका अनुसार यस्तो सुविधा बुटवल उपमहानगरपालिकामा बसोबास गर्नेहरूले पाउनेछन् । यो सुविधा लिन सेवाग्राहीले आफू बसोबास गरेको वडा कार्यालयको सिफारिस र रोगको उपचार गराएका कागजात पेश गर्नुपर्नेछ । यसका लागि उपमहानगरपालिकाका स्वास्थ्य कर्मचारीलाई जिम्मेवारी तोकेको छ ।

     


    मंगलवार, भाद्र ३० २०७७०१:२१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij