Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र डा.सन्दुकबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र डा.सन्दुकबीच भेटवार्ता

तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिबद्धता
  • शनिवार, माघ ७ २०७९

  • 483
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र डा.सन्दुकबीच भेटवार्ता
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शनिबार(आज) तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धी चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो 
     
    भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मानवीय सेवाका लागि डा. रुइतले हालैमात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाई दिँदै यो सम्मानले नेपालको शिर उँचो राखेको बताउनुभयो।
     
    नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको छ” उहाँले भन्नुभयो, “मानवीय सेवाका लागि तपाईँको योगदानको कदर देशकै कदर हो।” प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो।
     
    भेटका अवसरमा डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधी उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चा गर्नुभएको थियो ।


    शनिवार, माघ ७ २०७९०७:२७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij