Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

फेरि बढ्न थाल्यो सुनको मूल्य, आज ६ सय बढ्यो

फेरि बढ्न थाल्यो सुनको मूल्य, आज ६ सय बढ्यो

  • मंगलवार, भाद्र ३० २०७७

  • 1.3K
    SHARES

  • फेरि बढ्न थाल्यो सुनको मूल्य, आज ६ सय बढ्यो

    काठमाडौं । सुनको मूल्य लगातार दोस्रो दिन उकालो लागेको छ । दुई दिनमै सुन तोलाको एक हजार रुपैयाँले बढेको हो ।

    अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर ९७ हजार ५ सय कायम भएको छ । सोमबार सुन ४ सयले बढेर तोलाको ९६ हजार ९ सयमा कारोबार भएको थियो ।

    छावापाल सुनको भाउ बढ्दा आज तेजाबी सुन पनि ६ सयले नै बढेर ९७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    अघिल्लो दिनभन्दा तोलाको २० रुपैयाँ महँगिएर आज चाँदी १३ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ ।


    मंगलवार, भाद्र ३० २०७७१२:४१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij